स्वर्गीय (मुन्ना दाइ) को दोस्रो वार्षिक पुण्यतिथिको स्मृतिमा व्हिलचियर सहयोग
स्वर्गीय इरसाद अली सिद्दीकी (मुन्ना दाइ) को दोस्रो वार्षिक पुण्यतिथिको स्मृतिमा व्हिलचियर प्रदान ।
मेरो बुबा, स्वर्गीय इरसाद अली सिद्दीकी (मुन्ना दाइ), भेरी अञ्चल अस्पताल, नेपालगञ्जका एक समर्पित र इमानदार कर्मचारी हुनुहुन्थ्यो। उहाँले आफ्नो सेवा जीवनभर मानव सेवामा समर्पित भएर कार्य गर्नुभयो।
आज बुबाको दोस्रो वार्षिक पुण्यतिथिको अवसरमा, बुबा प्रतिको गहिरो श्रद्धाञ्जली स्वरूप भेरी अञ्चल अस्पताललाई एक थान व्हीलचेयर प्रदान गरिएको छ।
यो सानो योगदान बुबाको सम्झनामा हाम्रो परिवारको तर्फबाट नमन र कृतज्ञताको प्रतीक हो। आशा छ, यसले आवश्यकता परेका बिरामीहरूलाई सहजता पुर्याउनेछ र बुबाको सम्झनालाई सेवाको माध्यमबाट जीवित राख्नेछ।
यस पुण्यको कार्यमा साथ र सहयोग गर्नुहुने भेरी अंचल अस्पतालका डायलाइसिस बिभाग प्रमुख डा. पारश श्रेष्ठज्यु लाई हार्दिक आभार व्यक्त गर्दछु।
उहाँको सद्भाव, प्रोत्साहन र सहकार्यबिना यो कार्य सम्भव हुने थिएन।



