२ श्रावण २०८३, शनिबार

स्वास्थ्य केन्द्र नवनिर्मित भवनको उदघाटन

एसीपी संवाददाता

५ कार्तिक २०७७, बुधबार १३:४२ मा प्रकाशित


लक्ष्मी थारु - डुडुवा (बाँके), ५ कार्तिक ।
बाँके डुडुवा गाउँपालिका वडा नंं. ४ मा आधारभुत सामाुदायिक स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

 गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको आज बुधबार एक कार्यक्रमका विच उदघाटन गर्दै 
गाउँपालिकामा स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर सबैलाई पायक पर्नेगरि स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
 उहाँले गाउँपालिका अन्र्तगत रहेका दुरदराज तथा पछाडी परेका र टाढा हुने 
सेवाग्राहीका लागि गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सहजताका लागि अझै पनि दुई स्थानमा स्वास्थ्य इकाई स्थापना गर्न लागेको बताउनुभयो ।
 अध्यक्ष चौधरीले स्वास्थ्य केन्द्रमार्फत नागरिकहरुलाई सम्पुर्ण निशुल्क उपचारको व्यवस्था गरेको हुनाले सेवाका बारेमा जनगुुनासो तथा 
सरसल्लाह समेत दिन सेवाग्राहीलाई आग्रह गर्नुभयो । 
गाउँपालिकाको १, २, ३, ५ र ६ नंं वडामा पहिलेदेखि स्वास्थ्य केन्द्रको भवन रहेको र वडा नंं ४ मा स्वास्थ्यको 
भवनको अभावमा सेवा प्रवाह गर्न असजिलो भएकाले भवन निमार्णपछि सेवा सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । 
उहाँका अनुसार डलैपुर र पाझामा पनि स्वास्थ्य इकाई स्थापना गर्न लागिएको छ । 
४ नंं वडा कार्यालयको परिसरमा निर्मित ३ कोठे भवन संघिय सरकारबाट प्राप्त रु ३५ लाख अनुदान रहेको छ । 
भवनबाट प्रसुती सेवा बाहेक सबै स्वास्थ्य सेवा प्रवाह गरिने स्वास्थ्य शाखाले जनाएको छ । 
भवन उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, शाखा सहसंयोजक विरेन्द्र घले लगायतको उपस्थिती रहेको थियो । 
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x