१२ मंसिर २०८३, शुक्रबार

हङकङ माथि चिनियाँ दबाव जनतामा त्रास बेलायत जान बाध्य

एसीपी संवाददाता

२६ चैत्र २०७७, बिहीबार १७:२८ मा प्रकाशित

एजेन्सी । हङकङका हजारौं नागरिकले बेलायत जनाका लागि भिसा आवेदन दिएका छन् ।

हङकङमा राष्ट्रिय सुरक्षासम्बन्धी नयाँ कानुन लागू गरेसँगै शिक्षा, आवास र रोजगारीका लागि बेलायत जान भिसा आवेदन दिने हङकङका नागरिकको संख्या दिनहुँ बढ्दै गएको बीबीसीले जनाएको छ ।

बेलायतले पाँच वर्षका लागि आवास भिसा दिने भएसँगै २७ हजार भन्दा बढी हङकङका नागरिकले आवदेन दिइसकेको समाचारमा उल्लेख छ ।

चीनले हङकङको वृहत्तर सुधारका लागि भन्दै नयाँ सुरक्षा कानुन पारित गरेसँगै बेलायतले तीन नागरिकलाई रोजगारी, आवास र शिक्षाको अधिकारसहित पाँच वर्षका लागि भिसा उपलब्ध गराउने जनाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x