२२ श्रावण २०८३, शुक्रबार

हतियार लिएर चीनीयाँहरु सीमामा आउछन, आतंक मच्चाउँछन

२३ जेष्ठ २०८०, मंगलवार २२:०० मा प्रकाशित<

गोठालासँग पनि हतियार, कस्तो शान्ति सुरक्षा दिन्छ चीन सरकार ?

अमेरिकी सञ्चार माध्यम सिएनएनले सन् २०२३ को उत्कृष्ट गन्तव्यको सूचिमा राखेको मुस्ताङमा पछिल्लो समय दिनप्रतिदिन चीनको प्रभाव वढेको छ। राज्यको उपस्थिति सीमित रहेको अपर मुस्ताङमा चिनीयाहरुले चियो र चासो गर्न थालेका छन्।

चीनसँग भएको हाम्रो सन्धी अनुसार परिचय पत्र देखाएर, त्यसैको आधारमा तीस किलोमिटरको बृत्तमा आवत जावत गर्न सकिन्छ। नेपाली गाउँ लोमान्थाङबाट चीनको सानो गाउँ÷बजार समेत ३० किलोमिटर टाढा छ । सीमानाको नजीकमा त केही पनि छैन । सबै मरुभूमि छ।

यस्तो अवस्थामा पनि चीनियाँले नेपाली गाउँलाई नियन्त्रित गर्न खोजिरहेका छन्। अहिले सीमा नजिकै सुरक्षा र भन्सारका लागि भब्य भवन बनाईएका छन्। अपार्टमेन्ट÷सुपर मार्केटका लागि आवाससहितका ५ सय भब्य स्टलहरु निर्माण गरिएका छन्। ति संरचनाबाट चीनियाँ सेनाले ड्रोन मार्फत नेपाली भुमिमा निगरानी र नियन्त्रण गर्ने गरेका छन्।

यी संरचना निर्माण गर्नु अघि चीनियाँ सेना भेडा गोठालाको रुपमा निगरानीका लागि सीमा क्षेत्रमा आउने गरेका थिए। हतियारसहित आउने सेनाका कारण नेपालीहरु आतंकित हुनु परेको वुढापाकाहरु वताउँछन्।

घारापझोङ गाउँपालिका– ४ का वडाध्यक्ष यमप्रसाद थाकाली पनि चीनियाँहरु हतियारसहित भेडा लिएर सीमा आसपासमा आएको सम्झन्छन्।  नेपाल आज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x