१५ भाद्र २०८३, सोमबार

हवल्दारपुरमा मोटरसाकिल दुर्घटना १ जना मृत्यु

एसीपी संवाददाता

२३ जेष्ठ २०८२, बिहीबार १२:५३ मा प्रकाशित

बाँके – कोहलपुर १४, हवल्दारपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। मृतक कोहलपुर ११, रझेना निवासी ३२ वर्षीय सरोज मरासैनी हुन्।

फार्मासिस्ट मरासैनी नेपालगञ्जबाट कोहलपुरस्थित आफ्नै घर फर्कने क्रममा दुर्घटनामा परेका थिए। घटनास्थलमा सडक विस्तारको नाममा महिनौँदेखि खनेर छाडिएको खाल्डो र त्यसमा भर्खरै छरिएको गिट्टीका कारण मोटरसाइकल चिप्लिएर दुर्घटना भएको बताइएको छ। घटनास्थलमा कुनै चेतावनी बोर्ड वा संकेत नराखिएको पाइएको छ।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटैमा उनको मृत्यु भएको चिकित्सकहरूले जनाएका छन्।

राजीव गान्धी युनिभर्सिटी, भारतबाट बी. फार्मेसी गरेका मरासैनी हाल नेपालगञ्जस्थित रिलायन्स कम्पनीमा बजार प्रतिनिधिका रूपमा कार्यरत थिए। उनी औषधि उत्पादन र वितरण क्षेत्रमा सक्रिय थिए।

स्थानीय बासिन्दाहरूले सडक निर्माणमा भइरहेको लापरवाही र सुरक्षाको बेवास्तालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्। बाटो खनेर खाल्डाखुल्डी छाड्नु, सावधानीका संकेतहरू नलगाउनु जस्ता लापरवाहीले थप दुर्घटनाको जोखिम बढाएको उनीहरूको गुनासो छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x