हाम्रो राष्ट्रिय हुने,त्यसदिन पार्टीबाट ओलिको बहिगर्मन
काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेपछि पार्टी देशभर विभाजित हुने भएको छ ।
अध्यक्ष ओलीको निर्णय सार्वजनिक भएलगत्तै बसेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय आकस्मिक स्थायी कमिटीको बैठकले पार्टीभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।
अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफूइतर पक्षका नेताको जिम्मेवारी खोस्ने निर्णय गरेपछि वरिष्ठ नेता झलनाथ खनाल र नेपाल पक्षले बैठक गरेका थिए ।
जिल्ला तहबाट समानान्तर कमिटी बनाउन सुरू गरिने निर्णय भएको एमालेको नेपाल पक्षका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । ‘जहाँ हाम्रो नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुनेछ,’ भुसालले भने ।
अध्यक्ष ओलीले एमाले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको माधव नेपाल पक्षको दाबी छ । समानान्तर कमिटीबारे छलफल गर्न केन्द्रीय कमिटी र सांसदहरूको बैठक बस्ने भुसालले बताएका छन् । ‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यसदिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ,’ पालिकाडेलि


