३ श्रावण २०८३, आईतवार

हिन्दु रास्ट्रका लागि युवाहरुलाई कडा संघर्स गर्न आग्रह- राणा

एसीपी संवाददाता

१४ मंसिर २०७७, आईतवार १३:०० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दु राष्ट्रप्रतिको चाहना तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक भएको बताएका छन्।

नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्ने जनताको आवाज सकारात्मक र सह्रानीय रहेको अध्यक्ष राणाको भनाइ छ।

‘सम्वद्र्धनवादमा अभ्यस्त, जनतामाझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको हो। राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दु राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पु¥याउनु हामी सबैको कर्तव्य बनेको छ,’ राणाले आइतबार एक सन्देश जारी गर्दै भनेका छन्।

‘यसबीच पद्धतिमाथिकै बहस देशव्यापी बन्नु आश्चर्य भएन। देशका कुनाकुना जनता जागेका छन् । वाक्कदिक्क छन्, विकल्पको खोजीमा छन्। नेपाली जनता, युवा पिढी सडकमा आएका छन्। नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्दैछन्, जो सकारात्मक छ, सह्रानीय छ, प्रजातन्त्र अनुकूल छ,’ उनले भने।

परिवर्तन जनचाहना विपरीत गएको भन्दै राणाले सरकार, सत्तारुढ दल र राष्ट्रपतिको भूमिकाको समेत आलोचना गरे। ‘समावेशीता, समृद्धि, पहिचान, स्थायित्वको नारा थियो तर देश दिनदिनै ओरालो लाग्दो छ। भ्रष्टाचारी देश भनेर सरकारले नयाँ किर्तिमान राखेको छ। गुटगत, दलगत पक्षधरताले राष्ट्रपतिको गरिमा, निष्पक्षता प्रश्नचिन्हमा छ। सत्तारुढ नेकपा कुर्सी र वैठकको झगडामा लिप्त छ,’ उनले सामाजिक संजालमा भनेका छन्।

कुर्सीको अन्तहीन झगडामा लागेर सत्तारुढ नेकपाले कोभिड महामारीप्रतिको जिम्मेवारी चटक्कै भूलेको राणाको आरोप छ ।

‘केपी, पीकेको अन्तहीन आरोप प्रत्यारोप जनमत, जनहित विपरीत छ। सरकारकै जोडबलमा कोभिड महामारी कुन चरीको नाम हो भन्ने सन्देश प्रवाह गरिएको छ। अब त बेसार र अदुवाको बसिबियाँलो पनि सुन्न छाडियो। दुई तिहाईको शासन भगवान भरोसामा छ, पूर्ण असफल छ,’ राप्रपा अध्यक्षले भनु, ‘धर्म सँस्कृति परम्परा, ऐतिहासिक विरासत, राष्ट्रिय एकतामा आम नेपाली हित सुनिश्चित छ। निष्पक्ष अभिवावक संस्था प्रतिको जनचाहना यसै मान्यता अनुकूल छ । राजसंस्था, हिन्दु राष्ट्र प्रतिको उभारले विद्यमान जनचाहना, युवा भावना स्पष्ट गरेको छ ।’नेपालदिप बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x