१६ आश्विन २०८३, शुक्रबार

१६ का ८० बर्षीया महिलाको संक्रमणबाट मृत्यु

एसीपी संवाददाता

२३ भाद्र २०७७, मंगलवार १०:५३ मा प्रकाशित

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१६ का ८० बर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । मृत्युपछि ती महिलामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी आइतवार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी थिइन् । उनको सोमवार स्वाव संकलन गरि परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो ।

उनको मंगलवार दिउँसो रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x