१ श्रावण २०८३, शुक्रबार

प्रहरीको सक्रियताले २३ वर्ष पछि कैद सजाय पाएको खाँ नियन्त्रणमा

एसीपी संवाददाता

३१ भाद्र २०७७, बुधबार १३:५१ मा प्रकाशित

जिल्ला बाँके साविकरनियापुर गा.वि.स.वडा नम. ८ रनियापुर वस्ने वर्ष १९ को नुर सलाम खाँ लाई ऐ.ऐ.वडा नं. ८ चमकदारपुर स्थित छातीमा गोली हानी घाँटी रेटी हत्या गरेको जासिर खाँको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला बाँके साविक रनियापुर गा.वि.स.वडा नं. ८हाल खजुरा गा.पा.वडा नं. ८ रनियापुर वस्ने वर्ष ३८ को आजात खाँ समेत भएको कर्तव्य ज्यान मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको मिति २०७२।०६।१७ गतेको आदेशले २० वर्ष कैद सजाय भई फरार रहेका निज आजात खाँ घर वतनमा लुकिछिपी बसेको भन्ने सुचनाको आधारमा मिति २०७७।०५।२८ गते जिल्ला प्रहरी कार्यालय बाँके र ई.प्र.का.धनौली बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले निज आजात खाँ लाई फेला पारी नियन्त्रणमा लिएको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x