१६ भाद्र २०८३, मंगलवार

२५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित एक जना पक्राउ

एसीपी संवाददाता

२८ असार २०८२, शनिबार ०७:५९ मा प्रकाशित

काठमाडौंको टोखा नगरपालिकाको झोरबाट प्रहरीले २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

रसुवागढी नाकातर्फ जाँदै गरेको ट्रकका चालक कुसान लामालाई ३ लाख ७५ हजार युरो र ३ लाख २० हजार अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ बर्षिय कुसान लामाले चालक सिटको पछाडि फल्स बटम बनाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी लामा र बरामद भएको रकम सार्वजनिक गरेको छ । यसअघि पनि सुन तस्करीको आरोपमा पाँच वर्ष जेल बसेर रिहा भएको पनि प्रहरीले जनाएको छ । २०७८ मा उनी सात किलो सुनसहित कलंकीबाट समातिएका थिए ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x