१२ असार २०८३, शुक्रबार
२८ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा जारी

बर्दियाको बाँसगढी नगरपालिकामा सोमवारदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण एक्कासी बढ्दै गएको भन्दै बाँसगढीमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । सोमवार विहान ६ बजेदेखि लागु हुने गरी भदौ २८ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।
आइतवार बाँसगढीमा रहेको सीजी ग्रुपका ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि बासँगढी नगरपालिकामा निषेधाज्ञा लगाइएको हो । उक्त उद्योग सील गरिएको छ ।
बर्दियामा सबैभन्दा बढी बाँसगढी नगरपालिकामा ८८ वटा पोजेटिभ केस देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । बर्दियामा ४ सय ८ वटा केस देखिएको छ । ३ सय १८ जना भने निको भएर फर्किसकेका छन् । अहिले विभिन्न आइसोलेसनमा ८९ जना बसिरहेका छन् । एकजनाको भने कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments



