१ श्रावण २०८३, शुक्रबार

६१ वर्ष कैद सजाय भएका फरार कहार कपिलवस्तु प्रहरी द्वारा पक्राउ

एसीपी संवाददाता

२५ पुष २०८१, बिहीबार १७:५९ मा प्रकाशित

कृष्णनगर, २५ पाैष ।

कपिलवस्तुमा ३ खुन डाँकासहित पाँच वटा मुद्दाको एउटै फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाकाे कृष्णनगर नगरपालिका- १ गुर्चिहवा (साविक गाविस वडा नम्बर ५) बस्ने ५७ वर्षीय साेमई भन्ने प्रकाश कहारलाई उक्त आराेपमा प्रहरीले पक्राउ गरि कारागार चलान गरेकाे हाे ।

प्रहरीका अनुसार ३ खुन डाँका, १ डाँका तथा चोरी मुद्दा गरी ५ वटा मुद्दा कहारलाई लागेका छन् । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खाेजतलास गर्ने क्रममा गुर्चिहवाबाटैे पक्राउ गरिएकाे हाे ।

विभिन्न मितिमा फैसला भई कैद सजाय र बाँकी ३ लाख ५२ हजार ७ सय ७८ रुपैयाँ जरिवाना असुल उपरको लागि फरार प्रतिवादी कहारलाई जिल्ला अदालतमा पेश गरि बिहिवार कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x