१ श्रावण २०८३, शुक्रबार

“६९ औं प्रहरी दिवस २०८१ भब्यताका साथ सम्पन्न”

एसीपी संवाददाता

३० आश्विन २०८१, बुधबार ११:४३ मा प्रकाशित

काठमाडौं –  ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा आज मिति २०८१।०६।३० गते भब्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल  ले ग्रहण गर्नु भएको थियो भने नेपालगंज उपमहानगर प्रमुख मेयर प्रशान्त बिष्ट को बिशिष्ट आतिथ्यता रहेको थियो । सो अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, नेपाली सेनाका सेनानी, शसस्त्र प्रहरी बलका स.प्र.उ. बिमल डाँगी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख ओम बहादुर खड्का, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी लगायतका अतिथी हरुको उपस्थिति रहेको उक्त कार्यक्रममा यस कार्यालयका प्र.ना.उ. नारायण आयुश प्रसाद जोशीले प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त सुभकामना सन्देश वाचन गर्नु भएको थियो । सो कार्यक्रममा पुर्व प्रहरी कर्मचारीको तर्फबाट पुर्व प्रहरी नायव उपरीक्षक शसिधर अधिकारी, अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथिबाट  पुष्पहार अर्पण गर्नु भएको थियो । सो पश्चात उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।
उक्त कार्यक्रममा जेष्ठ पुर्व प्रहरीलाई सम्मान स्वरुप प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षक  बाट प्राप्त कदर पत्र तथा दोसल्ला ओढाई प्रमुख अतिथि ले सम्मान गर्नु भएको थियो । साथै ६९औं प्रहरी दिवस २०८१ को अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस र कुर्सी दौड प्रतियोगिता संचालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय हुनेलाई प्रमाण पत्र प्रदान गरीएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्र.जि.अ. खगेन्द्र प्रसाद रिजालले नेपाल प्रहरीको गर्विलो ईतिहास र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी सदैव तत्पर रहेको बताउनु भएको थियो । प्रहरी निरीक्षक हिमराज बि.क.ले संचालन गरेको उक्त कार्यक्रम समापन पश्चात दिवा खाना तथा प्रहरी पुनर्मिलन कार्यक्रम रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x