भारतिय प्रधानमन्त्री मोदीले युएईमा मन्दिर उदघाटन गर्दै
बिकास खडका , रिसब सिंह वाडिया । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आगामी यूएई भ्रमणका क्रममा अबुधाबीको पहिलो हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ । हिन्दू मन्दिरको उद्घाटन 14 फरवरीमा हुनेछ । यो भ्रमण २०१५ यता प्रधानमन्त्री मोदीको युएईको सातौं र पछिल्लो आठ महिनामा तेस्रो भ्रमण हुनेछ। आफ्नो दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अबुधाबीको जायेद स्पोर्ट्स सिटीमा आयोजित एक कार्यक्रममा भारतीय समुदायलाई सम्बोधन गर्ने छन् । साथै उनले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र युएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । दुई देशबीचको रणनीतिक साझेदारीलाई सुदृढ बनाउने र आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने विषयमा छलफल हुनेछ । यी कार्यक्रमहरू बाहेक, भारतिय प्रधानमन्त्री मोदीलाई दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलन 2024 मा विशेष अतिथिको रूपमा उपस्थित हुन आमन्त्रित गरिएको छ । जहाँ उनले विशेष मुख्य भाषण दिनेछन्। BAPS हिन्दू मन्दिरको उद्घाटनको निमन्त्रणा स्वामी ईश्वरचन्द्रदास, स्वामी ब्रह्मविहारीदास र सञ्चालक समितिले प्रधानमन्त्री मोदीलाई दिएका थिए। प्रधानमन्त्री मोदीले उद्घाटन गर्न लागेको मन्दिर भगवान स्वामीनारायणलाई समर्पित छ । यो मन्दिर १५ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । इटालियन संगमरमरबाट बनेको यो मन्दिर १०८ फिट अग्लो छ । यस मन्दिरमा भगवान् स्वामीनारायण, भगवान शिव, भगवान गणेश, भगवान् कृष्ण र देवी राधाका मूर्तिहरू स्थापित छन्। यो मन्दिर हिन्दू धर्म र संस्कृतिको प्रतीक हो र यसले भारत र यूएई बीचको सम्बन्धलाई बलियो बनाउनेछ। यो मन्दिर विश्वभरका हिन्दुहरुको तीर्थस्थल बन्नेछ । यो मन्दिर बनाउन ७०० करोडभन्दा बढी खर्च भएको छ । यो मन्दिर निर्माणका लागि जगमा १०० सेन्सर जडान गरिएको छ । जसले जलस्तरदेखि भूकम्पसम्मको तथ्याङ्क दिनेछ । एजेन्सीहरु बाट


