९ मंसिर २०८३, मंगलवार

युक्रेनी भूमिमा तालिम गरिरहेका ६० रुसी सेनाको क्षेप्यास्त्र आक्रमणमा मृत्यु

एसीपी संवाददाता

१० फाल्गुन २०८०, बिहीबार १३:३२ मा प्रकाशित

सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेयता रुस र युक्रेनबीचको युद्ध जारी छ । दुई वर्षदेखि चलेको युद्धमा रुसी सेनाले युक्रेनका विभिन्न शहर कब्जामा लिएको छ ।

सन् २०२२ मै युक्रेनले डोनेट्स्क क्षेत्र पूर्ण रूपमा कब्जा गरेको थियो । पूर्वी युक्रेनी उक्त क्षेत्रमा रुसले पछिल्लो समय आफ्ना नयाँ सेनाहरूलाई प्रशिक्षण दिइरहेको छ । कब्जा गरिएका विभिन्न हिस्सामा रुसी सेनाहरू तैनाथ छन् ।

यस्तोमा रुसद्वारा अतिक्रमित डोनेट्स्क क्षेत्रमा युक्रेनले बुधबार दुईवटा क्षेप्यास्त्र आक्रमण गरिदिएको छ । यो आक्रमणमा रुसका ६० जना सेनाको मृत्यु भएको युक्रेनी दाबी छ । युक्रेनका अनुसार युद्धको तालिम गरिरहेका ६० रुसी सेना पछिल्लो क्षेप्यास्त्र आक्रमणमा मारिएका छन् । 

बीबीसीका अनुसार रुसले पनि क्षेप्यास्त्र आक्रमण भएको विषय स्वीकार गरेको छ, तर उसले युक्रेनले भने जति आफ्ना सेना नमारिएको बताएको छ । युक्रेनी पूर्वी शहर आभ्डिभ्का रुसी कब्जामा गएको केही दिनमै युक्रेनले डोनेट्स्कमा क्षेप्यास्त्र हानेको हो ।

अमेरिकाले प्रदान गरेको हिमार्स क्षेप्यास्त्र प्रणालीबाट पछिल्लो आक्रमण गरिएको पनि रुसी आशंका छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x