९ मंसिर २०८३, मंगलवार

युरोपका चार देश र भारतबिच १ खर्ब डलरको स्वतन्त्र व्यापार सम्झौता

एसीपी संवाददाता

२८ फाल्गुन २०८०, सोमबार १२:३७ मा प्रकाशित

भारतले युरोपका चार देशहरूसँग स्वतन्त्र व्यापार सम्झौता गरेको छ । युरोपेली स्वतन्त्र व्यापार संगठन (ईएफटीए)सँग भारतले १ खर्ब डलर बराबरको व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । यईएफटीएमा नर्वे, स्वीटजरल्यान्ड, आइसल्यान्ड र लिकटनस्टाइन रहेका छन् ।  विगत दुई वर्षयता बेलायत र भारतबिच स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता भइरहेकै समयमा यो सम्झौता भएको हो । करिब १६ वर्षको छलफलपछि यो सम्झौता भएको हो । यो सम्झौता अन्तर्गत भारतले लगानीको बदलामा १५ वर्षसम्म यी देशहरूबाट आउने औद्योगिक वस्तुहरूमा अधिकांश आयात महसुल हटाउनेछ ।  यो सम्झौताअन्तर्गत फर्मास्युटिकल्स, मेसिनरी, म्यानुफ्याक्चरिङ लगायत उद्योगमा लगानी हुने अपेक्षा गरिएको छ ।

सम्झौता लागू हुनु अघि भारत र चार ओटै युरोपेली देशहरूले यसलाई अनुमोदन गर्नु पर्नेछ । स्वीटरल्यान्डले आगामी वर्षभित्रमा सम्झौतालाई अनुमोदन गर्ने योजना बनाएको छ । गएको दुई वर्षमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्ससँग व्यापार सम्झौता गरेको छ । बेलायतले पनि भारतसँग छिट्टै व्यापार सम्झौता गर्ने अनुमान गरिएको छ । एजेन्सी बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x