९ मंसिर २०८३, मंगलवार

नेपाल-भारत सीमा समन्वय बैठक सम्पन्न

एसीपी संवाददाता

२१ चैत्र २०८०, बुधबार १९:४८ मा प्रकाशित

बाँके । नेपाल-भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ । बाँके र बहराईच जिल्लाको सीमामा रहेको इन्ट्रिगेटेड चेक पोइन्टमा सम्पन्न भएको उक्त बैठकमा भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा र नेपाल-भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् ।  बैठकमा बाँकी जिल्लाका प्रजिअ र सुरक्षा प्रमुखहरू भर्चुअल माध्यमबाट जोडिनु भएको थियो । भारततर्फ डिआइजीहरू, बहराईच र श्रावस्ती  जिल्लाका डिएमसहितका सुरक्षा प्रमुखहरू प्रत्यक्ष रूपमा र बाँकी अधिकारीहरू भर्चुअल माध्यमबाट जोडिनु भएको थियो ।
समन्वय बैठकमा नेपालको तर्फबाट बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारीहरू र भारतको तर्फबाट भारतिय प्रहरीका उच्च अधिकारीहरू, सीमावर्ती डिस्ट्रिक मजिस्ट्रेटसहितका सुरक्षा अधिकारीहरू सहभागी थिए । समन्वय बैठकमा बाँकेका प्रजिअ श्रवण कुमार पोखरेल, प्र.उ सुवास बोहोरा, स.प्र.उ. बिमल डाँगी, प्र.उ. दाङ प्रत्यक्ष रूपमा सहभागी हुनु भएको थियो ।
अवैध हतियार नियन्त्रण जस्ता ट्रान्स बोर्डर क्राईम नियन्त्रण गर्न मिलेर काम गर्न पनि दुवै देशका अधिकारीहरू सहमत भएको नेपाली पक्षको नेतृत्व गरेका बाँकेका प्रजिअ पोखरेलले जानकारी दिनुभयो । लोक सभा निर्वाचनलाई स्वच्छ र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न (गराउन भारतिय काउन्टर पार्टलाई सीमावर्ती नेपाली सुरक्षा अधिकारीहरूबाट प्रचलित कानून र विगतको अभ्यास अनुसार भारतिय पक्षबाट उठाइएको सुरक्षा चासोको सम्बोधन हुने प्रतिबद्धता आफूहरूले जनाएको प्रजिअ पोखरेलले बताउनुभयो ।
भारतीय लोक सभाको चरणबद्ध निर्वाचनको सुरक्षा लक्षित इण्डो नेपाल कोर्डिनेशन बैठकमा मतदान हुनुभन्दा ७२ घन्टा अघि बाटै दुवै देशको सिमानाकामा संयुक्त चेक जाँच, दुवै तर्फका सुरक्षा  इकाईबिच नियमित बैठक, सूचना आदानप्रदान गर्न  सञ्चार संयन्त्र निर्माण, नो मेन्स ल्याण्डले मात् विभाजन गरेको एकीकृत बस्तीहरूमा मतदानका
दिन सुरक्षाकर्मीको उपस्थिति बढाउने जस्ता विषयका अतिरिक्त सन्दिग्ध अपराधीको विवरण आदानप्रदान, फेक करेन्सी, नार्कोटिक ड्रग्स, बैठकमा भारतमा चरणबद्ध रूपमा हुँदै गरेको लोक सभाको निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न दुवै देशका सीमावर्ती क्षेत्रमा सिर्जना हुन सक्ने सुरक्षा चुनौतीलाई संयुक्त सुरक्षा रणनीति एवं कारबाहीबाट व्यवस्थापन गर्ने  विषयमा दुई देशका अधिकारी बिच छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बैठकमा भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा रहेका चासोका विषयमा छलफल भएको जनकारी दिनुभयो, ‘स्थानीयस्तरमा भएका चासोका विषय, लागुऔषध नियन्त्रणलगायतका विषयमा दुवै पक्ष प्रतिबद्ध छौं  उहाँले भन्नुभयो, ‘मतदान हुनुभन्दा ७२ घण्टा अघिबाट दुवै देशको सिमानाकामा संयुक्त चेक जाँच र गस्तीको पेट्रोलिङ बढाउने, सीमा क्षेत्रमा हुन सक्ने सन्दिग्ध गतिविधि नियन्त्रण गर्ने, संदेनशील सीमा क्षेत्रमा सिसी क्यामराको जडान गर्ने लगायतका विषयमा दुवै देशका अधिकारीहरू बीच सहमती भएको छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x