१७ जेष्ठ २०८१, बिहीबार

म्यानमारमा रकेट प्रहार, ४ जनाको मृत्यु

एसीपी संवाददाता

४ बैशाख २०८१, मंगलवार ०७:४१ मा प्रकाशित

एजेन्सी । म्यान्मारमा रकेट आक्रमणमा ४ जनाको मृत्यु भएको छ । रकेट आक्रमणमा १२ जना घाइते भएका छन् । म्यानमारको माण्डाले क्षेत्रको पिनउ शहरमा रातको समयमा आतंकबादीको समुहले ११ वटा रकेट प्रहार गरेको बुझिएको छ ।

उक्त शहरको अस्पताल, होटल र गुम्बालाई निशाना बनाइ गरिएको आक्रमणका कारण सो शहरका अधिकांश भवनहरु ध्वस्त भएका छन् ।

रकेट आक्रमणको समय सर्वसाधारणबीच भागदौड मच्एिको थियो । आक्रमणका कारण दुई जना बौद्ध भिक्षु र एक स्थानीय गरी ४ जनाको मृत्यु भएको हो ।

आक्रमणका घाइते भएकाहरु सबै अस्पतालका बालबालिका, बिरामी र कर्मचारी रहेका छन् । यसैबीच आतंककारीहरुको पहिचानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x