१७ जेष्ठ २०८१, बिहीबार

ह्याट्रिकको योजनामा रहेका मोदीको संकल्पः जेष्ठ नागरिकको नि:शुल्क उपचार, तीन करोड गरिबलाई घर उपहार

एसीपी संवाददाता

४ बैशाख २०८१, मंगलवार ०८:०० मा प्रकाशित

काठमाडौं।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  ह्याट्रिकको योजनामा छन्।

दुई कार्यकाल अर्थात् १० वर्ष भारतको प्रधानमन्त्री बनेका मोदी लोकसभा निर्वाचनबाट पनि भारतीय जनता पार्टी (विजेपी) बहुमत दिलाउन चाहन्छन्।

विजेपीको चुनावी संकल्पपत्र सार्वजनिक गर्दै मोदीले ७० वर्षमाथिका जेष्ठ नागरिकको उपचार निशुल्क हुने घोषणा गरेका छन्। यसको सीमा ५ लाख भारु तोकिएको छ।

त्यस्तै, ३ करोड गरिब परिवारलाई घर उपहार दिने घोषणा पनि विजेपीले गरेको छ। संकल्पपत्रमा महिला, युवा, गरिब र किसानको सशक्तीकरण जोड दिइएको छ।  त्यस्तै, गरिबलाई निशुल्क राशन कार्यक्रम सन् २०२९ सम्म चलाइने वाचा गरिएको छ।

मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमलाई विस्तार गर्ने घोषणा पनि गरेका छन्।

मोदी सरकारले गरिब किसानलाई प्रतिवर्ष ६ हजार भारतीय रुपैयाँ प्रदान गरिरहेको छ ।

सन् २०२७ सम्म भारतको अर्थतन्त्र २७ खर्ब डलरबाट बढाएर ५० खर्ब डलरसम्म पु-याउने वाचा पनि विजेपीले गरेको छ।

भारतमा मोदी सरकार आइसकेपछि २५ करोड मानिस गरिबीको चपेटाबाट बाहिर आइसकेका छन्।  भारतको लोकसभा निर्वाचन अप्रिल १९ मा हुँदैछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x