७ कार्तिक २०८१, बुधबार

भारतीय ट्राफिक प्रहरीलाई वातानुकूलित हेल्मेट दिइने

एसीपी संवाददाता

९ बैशाख २०८१, आईतवार ०८:४३ मा प्रकाशित

एजेन्सी  – भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् ।

हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्ने अधिकारीहरुले बताएका छन् ।

गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो हेल्मेट दिने तयारी भएको हो ।

हेल्मेटले कम्मरमा फिट गरिएको ब्याट्रीबाट काम गर्दछ । यसमा चार्जिङ प्वाइन्ट रहेको छ र एक पटक पुरा चार्जमा गरेपछि आठ घण्टासम्म चल्छ ।

भारतीय मौसम विज्ञान विभागले अप्रिलदेखि जुनसम्म देशले अत्यधिक गर्मीको सामना गर्नुपर्ने र मध्य र पश्चिमी प्रायद्वीपीय क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान यही महिनाको सुरुमा गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x