१७ जेष्ठ २०८१, बिहीबार

रुसका ८ क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण

एसीपी संवाददाता

१० बैशाख २०८१, सोमबार ११:२० मा प्रकाशित

युक्रेनले रुसका ८ वटा क्षेत्रमा लामो दूरीका ड्रोनबाट आक्रमण गरेको छ । अमेरिकी मिडिया सीएनएनका अनुसार युक्रेनको आक्रमणमा रुसका तीन पावर सबस्टेसन र एउटा इन्धन डिपोमा आक्रमणमा आगलागी भएको थियो ।

समाचार एजेन्सी रोयटर्सले बेल्गोरोड सहरका गभर्नरलाई उद्धृत गर्दै आक्रमणमा दुई सर्वसाधारणको पनि मृत्यु भएको बताएको छ । रुसको रक्षा मन्त्रालयले पनि यो आक्रमणको पुष्टि गरेको छ । उसले रुसको रक्षा प्रणालीले युक्रेनका करिब ५० ड्रोन खसालेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयले युक्रेनले आफ्ना धेरै ड्रोन रुसका ८ क्षेत्रमा पठाएको बताएको छ । आक्रमणको लक्ष्य रूसको ऊर्जा पूर्वाधार थियो जसले सैन्य-सम्बन्धित उद्योगहरूलाई ऊर्जा प्रदान गर्दछ ।

रिपोर्टहरूका अनुसार आक्रमण युक्रेनको सुरक्षा सेवा, रक्षा गुप्तचर र विशेष बलहरूको संयुक्त अपरेशन थियो । युक्रेनको आक्रमणपछि धेरै क्षेत्रमा विद्युत र पानी आपूर्ति ठप्प भएको छ ।

रुसलाई आर्थिक रूपमा कमजोर बनाउन आक्रमणहरू हालैका महिनाहरूमा युक्रेनले रूसी तेल रिफाइनरी, टर्मिनलहरू र ऊर्जा पूर्वाधारहरूमा आक्रमण बढाएको छ। सीएनएनका अनुसार युक्रेनले रुसलाई आर्थिक रुपमा कमजोर बनाउन यस्तो आक्रमण गरिरहेको छ ।

लामो दुरी र उन्नत प्रविधि भएका ड्रोनको सहयोगमा यी आक्रमणहरू भएको बताइएको छ । यसअघि मार्चमा पनि युक्रेनले रुसका ३ रिफाइनरीलाई निशाना बनाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x