२ जेष्ठ २०८१, बुधबार

युक्रेनका सेना प्रमुख भन्छन्- अवस्था अत्यन्तै खराब छ

एसीपी संवाददाता

१७ बैशाख २०८१, सोमबार ११:२९ मा प्रकाशित

युक्रेनका सेना प्रमुखले युद्ध मोर्चामा आफ्नो अवस्था अत्यन्तै खराब हरेको जनाएका छन् । जनरल ओलेक्जेन्डर सिरिस्कीले पूर्वी मोर्चाबाट युक्रेनी सेना पछाडि हट्नु परिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

समाचारमा जनाइएअनुसार युक्रेनले अमेरिकी सैन्य मद्दत पाउनुअघि रुसले त्यसको फाइदा उठाउने प्रयास गरिरहेको छ ।

सिरिस्कीले टेलीग्राममा गरेको पोस्टमा भनिएको छ- मोर्चामा अवस्था एकदमै खराब भइरहेको छ । युक्रेनको सेना पूर्वी दोनेत्स्क क्षेत्रमा पछाडि हट्नु परिरहेको छ ।

रुसी रक्षा मन्त्रालयले आइतबार रुसी सेनाले पूर्वी दोनेत्स्क क्षेत्रमा ओचेरेताइने नजिकैकै एक बस्ती कब्जा गरेको दाबी गरेको थियो ।

अमेरिकी संसदले पछिल्लो हप्ता युक्रेनका लागि ६१ अर्ब डलरको सैन्य मद्दत गर्ने प्रस्ताव पारित गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x