३१ जेष्ठ २०८१, बिहीबार

हमासको सशस्त्र ब्रिगेडले जारी गर्यो बन्धक बनाइएका व्यक्तिको भिडियो

एसीपी संवाददाता

११ जेष्ठ २०८१, शुक्रबार ०९:३६ मा प्रकाशित

गाजा क्षेत्र । प्यालेस्टिनी हमासको सशस्त्र शाखा एजेदिन अल-कसम ब्रिगेडले शनिबार हमास लडाकुद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ ।

मात्र ११ सेकेन्डको क्लिपमा ती व्यक्तिलाई बोलिरहेको देखाइएको छ । यसमा अरबी र हिब्रे भाषामा ‘समय समाप्त हुँदैछ, तपाईंको सरकारले झुटो बोलिरहेको छ’ लेखिएको छ ।

सो समूहको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा बन्धकले दबाबमा बोल्दै गरेको देखाइएको छ । गाजामा बन्दी बनाइएकाको एक महिनाभन्दा कम समयमा जारी गरिएको यो तेस्रो फुटेज थियो ।

अप्रिल २७ मा सो समूहले जारी गरेको एउटा भिडियोमा दुई बन्धक किथ सिगल र ओमरी मिरानलाई जीवित देखाइएको थियो । यसको तीन दिनअघि सो समूहले प्रसारण गरेको अर्को भिडियोमा बन्धक हर्श गोल्डबर्ग-पोलिनलाई जीवित देखाइएको थियो ।

अक्टोबर ७ मा हमास लडाकु समूहले दक्षिणी इजरायलमा हमला गरेर गाजा क्षेत्रबाट करिब २५० मानिसलाई बन्धक बनाएको थियो । इजराइली अधिकारीहरूका अनुसार, तीमध्ये १२८ जनालाई अहिले पनि प्यालेस्टाइनी क्षेत्रमा बन्दी बनाइएको छ । ३६ जनाको मृत्यु भइसकेको छ ।

हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार १७० भन्दा बढी इजरायली र विदेशीको मृत्यु भएको आधिकारिक इजरायली आँकडामा उल्लेख छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, गाजामा इजरायलको जवाफी सैन्य कारबाहीमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा ३४ हजार ९७१ जनाको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x