३१ जेष्ठ २०८१, बिहीबार

२४ घण्टामा गौतम अदानीले कमाए २६ खर्ब ४० अर्ब भारु

एसीपी संवाददाता

११ जेष्ठ २०८१, शुक्रबार ०९:३९ मा प्रकाशित

भारतीय खर्बपति व्यापारी गौतम अदानीले एकै दिनमा २६ खर्ब ४० अर्ब भारु कमाएका छन् । मंगलबार भारतीय शेयर बजारमा कमी देखिएको भए पनि अदानीको व्यापारिक समूह अदानी ग्रुपका कम्पनीको शेयर मूल्यमा भने तीव्र वृद्धि देखिएको थियो । शेयरमा देखिएको व्यापक वृद्धिसँगै अदानीले एकै दिनमा ३ अर्ब १७ करोड डलर अर्थात् २६ खर्ब ४० लाख भारु कमाए ।

योसँगै मंगलबारको कारोबारमा विश्वका सबैभन्दा धनी १५ व्यापारीहरूमाझ अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पछि अदानी सबैभन्दा धेरै कमाउने व्यवसायी थिए । २४ घण्टामा एलन मस्कको सम्पत्ति ८ अर्ब ३३ करोड डलर अर्थात् ६९ खर्ब ३० अर्ब भारुले बढेको थियो । योसँगै मस्कको नेटवर्थ बढेर १ खर्ब ९६ अर्ब डलरमाथि पुगेको छ ।

पछिल्लो २४ घण्टामा भएको वृद्धिपछि भने अदानीको नेटवर्थ १ खर्ब ४ अर्ब डलरमा उक्लिएको छ । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको अर्बपतिको ‘रियलटाइम’ सूचिमा अदानी १४ औं स्थानमा छन् । मंगलबार शेयर बजारमा सूचिकृत अदानी ग्रुपको १९ मध्ये ९ कम्पनीको शेयरमा उच्च वृद्धि देखिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x