७ कार्तिक २०८१, बुधबार

मुख्यमन्त्रीमा तामाङले लिए सपथ

एसीपी संवाददाता

३१ जेष्ठ २०८१, बिहीबार ०९:४६ मा प्रकाशित

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का प्रमुख प्रेमसिंह तामाङ (पिएस गोले)ले सोमबार लगातार दोस्रो कार्यकालका लागि हिमालयन राज्य सिक्किमको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् ।

पालजोर रंगशालामा भएको शपथग्रहण समारोहमा गभर्नर लक्ष्मणप्रसाद आचार्यले गोले र उनको मन्त्रिपरिषद्लाई पद तथा गोपनीयताको शपथ गराए । ३२ सिट रहेको हिमाली राज्यको विधानसभामा एसकेएमले ३२ सिटमध्ये ३१ सिट जितेको छ । निर्वाचनमा विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ) केबल एक सिटमा सीमित भएको छ ।

गोलेले पार्टीको विजयलाई ‘रेकर्ड’को रूपमा वर्णन गरे । ‘पाँच वर्षमा आफूहरूले निर्वाचनका वेला गरेका सबै घोषणा पूरा गर्ने उनले बताए । तामाङले रेनोक विधानसभा सिटबाट एसडिएफका सोमनाथ पौड्याललाई सात हजार ३९६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।

सिक्किमको ३२ विधानसभा सिटका लागि लोकसभा चुनावसँगै पहिलो चरणमा १९ अप्रिलमा मतदान भएको थियो । एसकेएमले सन् २०१९ मा विधानसभा चुनावअघि भाजपा नेतृत्वको एनडिएसँग हात मिलायो । तर, अन्ततः सम्बन्ध तोड्यो, एक्लै मैदानमा उत्रियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x