३ आश्विन २०८३, शनिबार

भारत र जापानका नौसेनाले गरे संयुक्त अभ्यास

एसीपी संवाददाता

१ असार २०८१, शुक्रबार २३:०३ मा प्रकाशित

काठमाडौं – भारत र जापानले संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरेका छन् । जापानको योकोसुकामा दुई मुलुकका नौसैनिकबीच संयुक्त अभ्यास सञ्चालन भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यस अभ्यासमा भारतले आईएनएस शिवालिक परिचालन गरेको छ ।

योकोशुकामा आईएनएस शिवालिकलाई जापानका लागि भारतीय राजदूत सिबी जर्ज र जापानी नौसेनाका कमाण्डर भाइस एडमिरल इटो हिरोशीले स्वागत गरेको भारतीय रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

यी दुई मुलुकबीच सन् २०१२ यता संयुक्त नौसैनिक अभ्यास सञ्चालन हुँदै आएको छ । भारतीय रक्षा मन्त्रालयले यस संयुक्त नौसैनिक अभ्यासले दुई मुलुकका नौसेनाबीचको सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरेको छ ।

यस अभ्यासले दुबै मुलुकका नौसेनालाई एक अर्काको नौसैनिक रणनीति एवम् युद्ध लड्ने कलाबारे परिचित गराउने विश्वास लिइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x