२ श्रावण २०८३, शनिबार

भारतीय नौसेनाद्वारा चिनियाँ नाविकको उद्धार

एसीपी संवाददाता

१३ श्रावण २०८१, आईतवार १४:५६ मा प्रकाशित

काठमाडौं – भारतीय नौसेनाले चिनियाँ नाविकको उद्धार गरेको छ । मुम्बईको तट नजिकैबाट भारतीय नौसेनाले एक जना चिनियाँ नाविकको उद्धार गरेको हो ।

मुम्बईको तटबाट झण्डै ३ सय ७० किलोमिटर टाढा जोङ साङ मेन जहाज समस्यामा परेपछि भारतीय नौसेनाको उद्धार समन्वय केन्द्रलेउद्धार गरेको हो।
जहाज समस्यामा फसेको सूचना पाएपछि नौसेनाको हवाई केन्द्रले हेलिकोप्टरको सहायताले खोजी अभियान थालेको थियो ।
भारतीय टेलिभिजन डब्लूआईओएनका अनुसार नौसेनाले ५१ वर्षे ती चिनियाँलाई गम्भीर घाइते भएको अवस्थामा फेला पारेको थियो । उद्धार गरेपछि उनको तत्कालै स्वास्थ्य उपचार गरिएको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x