२ श्रावण २०८३, शनिबार

चिनियाँ कम्पनीको लापरवाहीले नारायणगढ–बुटवल सडकको काम ६ वर्षमा ५३ प्रतिशत मात्र, तेस्रो पटक थपियो म्याद

एसीपी संवाददाता

१४ श्रावण २०८१, सोमबार १८:३४ मा प्रकाशित

नारायणगढ–बुटवल सडक विस्तारमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलेले चरम लापरवाही गरेको छ।
६ वर्षमा ५३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। सुरुको सम्झौता अनुसार दुई वर्ष अघि नै निर्माणको काम सकिनुपर्ने भएपनि कम्पनीले लापरवाही गर्दा नेपाली जनताले दुख पाइरहेका छन्। दुवै साइड गरेर साढे २६ किलोमिटर मात्र सडक कालोपत्र भएको छ ।

योबीचमा दुई पटक म्याद थप गरिए पनि प्रगति भएको थिएन। सडक विभागले फेरि एक वर्षको म्याद थप गरेको छ। अब २०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको हो ।
११३ किलोमिटर सडक विस्तारका लागि ०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो।
आयोजना निर्देशनालयका अनुसार म्याद थप नगरी ठेक्का तोड्ने प्रक्रियामा गए फेरि नयाँ ठेक्का गर्न समय लाग्ने र लागत बढ्ने भएकाले एक वर्ष म्याद थप गरिएको हो।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।
आयोजनाले विनियोजित बजेटसमेत खर्चिन सकेको छैन । यो आयोजनाका लागि गत आवमा ७ अर्ब ४४ करोड ९२ लाख विनियोजन भएकामा ४६।९८ प्रतिशत मात्र खर्च भएको छ । अर्थात् ३ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ खर्च भएको हो ।
सडक विस्तार ढिलाइले गर्दा दैनिक यात्रुले सास्ती खेप्नु पर्ने बाध्यता छ । विस्तार थालिएको सडकमा जताततै भएको खाल्डाखुल्डीले गर्दा दुर्घटनाको जोखिमसमेत बढेको छ । दाउन्ने खण्डमा अहिले लेदो माटोले गर्दा सवारी साधन चिप्लने समस्या थपिएको छ ।
म्याद थपिए पनि एक वर्षभित्र सडक निर्माण हुनेमा सरकार ढुक्क छैन। एक वर्षको अवधिमा झन्डै ३५÷४० प्रतिशत भौतिक प्रगति भएमा बाँकी काम मर्मतसम्भारकै अवधिमा हुने सडक आयोजनाको विश्वास छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x