२ श्रावण २०८३, शनिबार

अपदस्थ भएपछि पहिलोपटक बोल्दै हसिनाले भनिन्ः देशमा हिंसा गर्नेमाथि कडा सजाय हुनुपर्छ

एसीपी संवाददाता

३० श्रावण २०८१, बुधबार ११:०४ मा प्रकाशित

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले देशमा भएको हिंसाका दोषीमाथि कडा सजाय हुनुपर्ने माग गरेकी छिन्।

अपदस्थ भएपछि पहिलापटक बङ्गलादेश घटनाबारे प्रतिक्रिया दिँदै उनले हिंसा गर्ने व्यक्तिलाई सजाय हुनुपर्ने र आफ्ना बुबा एवं बङ्गलादेशका संस्थापक शेख मुजीबुर रहमानको प्रतिमा तोडफोड मामिलामा पनि न्यायको माग गरेकी छिन्।

उनका छोरा साजीब वाजिदले आफ्नो सामाजिक सञ्जालमार्फत् हसिनाको प्रतिक्रिया सार्वजनिक गरेका हुन्। जसमा पूर्व प्रधानमन्त्री हसिनाले आन्दोलनको नाममा निर्दोष व्यक्तिको हत्या गरिएको र आगजनी तथा तोडफोड जस्ता घटनाले देशलाई ठूलो क्षति भएको बताएकी छिन्।

१९७५ अगस्ट १५ का दिन बङ्गलादेशका तत्कालीन राष्ट्रपति मुजीबुर रहमान र उनका समपूर्ण परिवारको निमर्मपूर्वक हत्या गरिएको सम्झदै उनले हसिनाले यस्ता जघन्य अपराध गर्नेमाथि कडा कारबाही हुनुपर्ने भन्दै १५ अगस्टलाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउन पनि माग गरिन्।

बङ्गलादेशी सञ्चार माध्यमहरूका अनुसार हालसम्म यसअघिको सरकारले १५ अगस्टलाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउँदै आएकोमा वर्तमान सरकारले त्यसलाई खारेज गर्ने तयारी गरेको छ। जसलाई लक्षित गर्दै हसिनाले १५ अगस्टलाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउन आग्रह गरेकी हुन्।

आरक्षणविरुद्ध भएको लामो आन्दोलन र विद्यार्थीहरूको विरोधका कारण गत ५ अगस्टका दिन हसिनाले सत्ता त्याग्दै भारतको शरण लिएकी थिइन्।

बङ्गलादेशमा हसिनाले सत्ता छाडेपछि अहिले त्यहाँ नोबेल पुरस्कार विजेता मोहम्मद यूनुसको अगुवाईमा अन्तरिम सरकार गठन भएको छ। नागरिक न्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x