२ श्रावण २०८३, शनिबार
परराष्ट्रमन्त्री देउवा भदौ २ गते नयाँ दिल्ली जाने
परराष्ट्रमन्त्री डा. आरजु देउवा भदौ २ गते भारतको राजधानी नयाँ दिल्ली जाने भएकी छिन् । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।
परराष्ट्रमन्त्री देउवाले भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । परराष्ट्रमन्त्रीको रूपमा आरजुको यो पहिलो विदेश भ्रमण हो ।
स्वास्थ्य उपचारको शिलशिलामा नयाँ दिल्ली जान लागेकी देउवाले त्यहाँ राजनीतिक भेटवार्ता गर्ने स्रोतले बतायो ।
भारतीय समकक्षी डा. एस जयशंकरसँग उनले भेट्ने कार्यक्रम छ । हालै मात्र भारतीय विदेश सचिव विजय मिश्रीले नेपालको भ्रमण गरेका थिए ।
Subscribe
Login
0 Comments



