२ श्रावण २०८३, शनिबार

नेवी संघ रौतहटको पूर्णता संगै एसईईमा ४ जिपिए ल्याउने अञ्जली झा सम्मानित

एसीपी संवाददाता

९ भाद्र २०८१, आईतवार ०९:२८ मा प्रकाशित

नेपाल विद्यार्थी संघ रौतहटले पदस्थापन कार्यक्रम तथा सम्मान कार्यक्रम रौतहटको चन्द्रपुरमा आयोजना गरियो ।
नेविसंघ जिल्ला कार्य समितिद्धारा शनिवार चन्द्रपुरमा आयोजित उक्त कार्यक्रममा एसईईको परीक्षामा ४ जिपिए ल्याएर रौतहट जिल्लाको नाम शिक्षा क्षेत्रमा राख्न सफल भएकी दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीकी अञ्जली झालाई नगद १५ हजार सहित सम्मान पत्र दिएर सम्मानित गरिएका हुन् ।
नेपाल बिद्यार्थी संघले जिल्ला कार्य समितिलाई पुर्णता दिदै पदस्थापन कार्यक्रम गरे । कार्यक्रम प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमिल्सनाले नेपालमा शैक्षिक क्षेत्रमा सुधारको आबश्यक्ता महसुस गर्दै समग्रमा रौतहट जिल्लाको शिक्षाको स्तरलाई सुधार ल्याई गुणात्मक रुपमा आफना छोराछोरीलाई अगाडी बढाउन अभिभावकहरु सचेत भएर लाग्नुपर्ने बताए ।
शिक्षा बिना कुनै उदेश्य पुरा नहुने भएको हुदा नेपाल बिद्यार्थी संघले आफनो हक अधिकारका साथै शैक्षिक क्रियाकलापमा सुधारको प्रक्रियामा लागेर नयाँ आधुनिक शिक्षाको पक्षमा लाग्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेश समितिका प्रवक्ता सुर्य थापाले ईतिहास बोकेको नेपाल बिद्यार्थी संघ बाट राजनीति गरेकाहरुले आफनो योग्यता र बिज्ञता प्रस्तुत गर्दै आएको बताए ।
उक्त कार्यक्रममा नेपाली काग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरी, चन्द्रपुर वडानम्बर ५ का अध्यक्ष नीलहरी कोेईराला, वडानम्बर ९ का अध्यक्ष नबराज देबकोटा, नेपाली काग्रेस रौतहटका सहसचिब फिरोज आलम लगायतले शुभकामना दिनु दिए ।
जनज्योती नमुना माध्यमिक बिद्यालयका अध्यक्ष नरेश लामिछाने चन्द्रपुर खानेपानी उपभोक्ता समितिका सचिब अबधेशहरी भट्टराई, नेपाली काग्रेस चन्द्रपुर नगर समितिका सचिब गणेश चौलागाई, क्षेत्रनम्बर ४ का प्रदेश सचिब दिक्षित पौडेल लगायतको उपस्थिति रहेको थियो ।
नेवि संघ रौतहटको पूर्णता
नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमितिमा उपसभापतित्रय प्रल्हाद मैनाली, शेख ईजमानुल हक, मोहम्मद सहनाबज आलम सचिबद्धय खुवारी यादब, शोयल खान, सहसचिबद्धय प्रोम श्रेष्ठ, मिथलेश पटेल, कोषाध्यक्ष ऋिचा राई यस्तै सदस्यमा शौरम झा, रबी भुषण प्रसाद यादब, बिबेक झा, रामदयाल सहनी, श्रीधर महतो, मधु यादब, रामसिला यादब, दिलिप पटेल, राकेश यादब, रोशन पटेल, सुनिल यादब, रोहित कुमार साह, चन्देश्वर प्रसाद यादब, चिरन चौलागाई, पवन कुमार गुप्ता, पंकज चौधरी, सरोज पटेल, बसन्त थिङ्ग, मुकेश रञ्जन यादब, प्रकाश तिमल्सिना, आस्था घिमिरे, मोनिका फुयाल, जोशन मैनाली, दिबस तिमल्सिना, रितिक सिहलाई  चयन गरिएको नेवी संघ रौतहले जनाएका छन् ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x