२ श्रावण २०८३, शनिबार

साधारण सदस्य समेतबाट निस्काशित भएपछि रास्वपा निर्णयविरुद्ध अदालत जाने तयारीमा ढकाल, आयो यस्तो संकेत

एसीपी संवाददाता

११ भाद्र २०८१, मंगलवार १३:२९ मा प्रकाशित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि डा‍. मुकुल ढकाल आक्रामक बनेका छन्।  रास्वपाको कारबाहीको निर्णयपछि पार्टी सभापति रवि लामिछानेले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले रविलाई नैतिकरूपमा पतित व्यक्ति भएको आरोप लगाएका छन्। ‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टी गर्दै जानेछ।’ उनले भनेका छन्। उनले सहकारी प्रकरणका सवालमा रविले जनतालाई भ्रमित पार्दै भाषणबाजी गरेको बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x