२ श्रावण २०८३, शनिबार

सवारी दुर्घटना न्युनिकरणमा काम गर्न संवद्ध पक्षलाई गृहमन्त्री लेखकको निर्देशन

एसीपी संवाददाता

१३ भाद्र २०८१, बिहीबार ११:१४ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनिकरण हुनेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेहरुको संख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले बुधवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सरोकारवाला पक्षसँगको छलफलमा सो निर्देशन दिनुभएको हो ।

आउने २÷३ महिना भित्र सवारी दुर्घटनामा कमी आएको देखिनेगरी संवद्ध पक्षले परिणाममुखि काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो । उहाँले गृह मन्त्रालय पनि सवारी दुर्घटनामा तानिने भएकाले आफूले संवद्ध पक्षलाई त्यसो हुन नदिन सचेत गराउनुपरेको पनि स्पष्ट पार्नुभयो । सवारी दुर्घटना हुन नदिनका लागि हरेकले आ–आफनो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसका लागि यातायात व्यवस्था परिषद्को फोकल प्वाईन्ट रुपमा काम गर्नुपर्ने पनि बताउनुभयो । संवद्ध पक्षबीच दैनिक हुने छलफलले सडक दुर्घटना न्युनिकरणमा कमी ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि उहाँले स्मरण गराउनुभयो ।

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बजार मूल्यको वृद्धि अनुसार सार्वजनिक यातायाताको भाडाको समायोजन गर्नुपर्ने, यातायाता सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८० लाई यथाशिघ्र कार्यान्वयन गराउनका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातको भाडादर बजार मूल्य वृद्धिको आधारमा समायोजन गर्नका लागि पहल गरिदिन गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउनुभयो ।

महासंघले सडक दुर्घटना न्युनिकरण र यस क्षेत्रको सुधारका लागि अधिकार सम्पन्न संघीय र प्रादेशिक यातायात प्राधिकरण गठन गर्न माग गर्दै आएको छ । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x