२ श्रावण २०८३, शनिबार

नेपाल-भारत क्रिकेट समबन्धः लिजेण्ड लिग क्रिकेट खेल्न पारस खड्का गुजरातमा अनुबन्ध

एसीपी संवाददाता

१४ भाद्र २०८१, शुक्रबार ०६:५२ मा प्रकाशित

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान ) का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आउदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपियाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि शुरु हुदै छ । लिजेण्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन । लिजेण्ड लिगमा ६ टिम बीच कुल २५ खेल खेलिने बताइएको छ ।

तेस्रो सिजनका खेलहरु भारतको जोधपुर, सुरत र जम्मुमा हुने छन् । यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x