२ श्रावण २०८३, शनिबार

कृष्णनगरमा तिज बिशेष कार्यक्रम : शुभकामना आदानप्रदान र दर खाने कार्यक्रममा जमघट

एसीपी संवाददाता

१५ भाद्र २०८१, शनिबार ०७:२६ मा प्रकाशित

कृष्णनगर, भाद्र  । नेपालीभरि नै तीजका विभिन्न कार्यक्रम शुरु भएसंगै कृष्णनगरमा पनि विशेष नृत्य तथा दर खाने कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपालीहरु मुख्य चांड मध्ये एक हरितालिका तिजको अवसरमा आज सुपा देउराली महिला समूह कृष्णनगरको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । स्थानीय नेता, प्रशासन विभिन्न संघसंस्थाका कर्मचारी लगायत महिला र युवतीहरुकाे बाक्लाे उपस्थितिमा उद्योग वाणिज्य संघको हलमा तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाइएको हाे।
तिजको पावन अवसरमा महिलाहरु तिज गीतमा नृत्य एवं मनाेरन्जन गरि एक आपसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेकाे छ ।
नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद अभिषेक प्रताप शाह , कृष्णनगर नगरपालिकाकी उपप्रमुख आरती देवी चौधरी वडा २का अध्यक्ष कृष्ण कुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, वप्रनि सुमन खरेल, महेन्द्र पोखरेल, सांसद प्रतिनिधि वृजेश कुमार गुप्ता, आशिष कौशल, धिरेन्द्र सिंह, केशर विश्वकर्मा, भूमि भट्टराई, संजय कुमार गुप्ता,वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा ,संचारकर्मी,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतकाे अतिथ्यतामा विशेष जमघटका साथ कार्यक्रम मनाइएकाे थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x