२ श्रावण २०८३, शनिबार

बोलबम जाँदै गरेका नेपाली तिर्थयात्री सवार बस मुसरीघरारीमा दुर्घटना, कम्तीमा २५ जना सामान्य घाइते

एसीपी संवाददाता

१५ भाद्र २०८१, शनिबार ०७:३० मा प्रकाशित

बारा जिल्लाबाट बोलबममा गईरहेका तिर्थयात्रीहरु चढेको बसलाई भारत विहारको समस्तीपुरमा ट्रकले ठक्कर दिएका छन् ।
ट्रकको ठक्करबाट तिर्थ यात्रीहरु चढेको बस बाटोमै पल्टिदा कम्तीमा २५ जना नेपाली तिर्थयात्रीहरु घाइते भएका हुन् ।
भारतीय संचारमाध्यमका अनुसार ना. ७ ख. ६४४६ नम्बरको बस समस्तीपुर जिल्लाको मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा आईतवार विहान ट्रकले ठक्कर दिदा दुर्घटना भएको छ ।
बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३ मूर्तिपालिया गाउँबाट भारतको झारखण्ड स्थित देवघरमा राबनेश्वर महादेव दर्शनका लागि बोलबम तीर्थयात्रा गईरहेका बस दुर्घटना भएको जनाइएको छ ।
केही भारतीय सञ्चारमाध्यमले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सो दुर्घटनामा परेर कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ ।
घाइतेहरुलाई मुसरीघरारीको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x