२ श्रावण २०८३, शनिबार

बलात्कार घटनाका अपराधीलाई कडा कार्यवाही हुनुपर्छ – ध्रुव शर्मा

एसीपी संवाददाता

१६ भाद्र २०८१, आईतवार २१:५८ मा प्रकाशित

रुपन्देहीको कोटहीमाईमा १९ बर्षिय किशोरी बलात्कार गर्ने अभियोगमा प्रहरीले पक्राउ गरेकालाई कडा कार्यवाही हुनुपर्छ भन्दै तराई मधेश जनता पार्टीले प्रशासन सङ माङ गरेको छ ।  किशोरीलाई तालिमको बहानामा ललाइ फकाइ कोटहीमाइ गाउपालिकाका उद्यम बिकास सहजकर्ता मुकेश चौधरीले घर बाट बोलाएर सामुहिक बलात्कार गरेको समाचार आएको छ । तराई मधेश जनता पार्टीका संयोजक ध्रुव शर्माले  बलात्कारका अपराधी जो सुकैलाई उन्मुक्ति दिन नहुने बताउनु भयो । बलात्कार गर्ने अपराधीलाई कडा कार्यवाही र पीडितलाई समयमा नै न्याय दिन प्रहरी प्रशासन सङ माङ गरेका हुन ।

फाईल तस्बिर

पिडितले बलात्कार घटनामा  पिडक कोटहीमाई गाउपालिका शिक्षा शाखामा कार्यरत प्रा सा ३२ बर्षिय मनोहर चौधरी सहित  ,कोटहीमाइका उद्यम बिकास सहजकर्ता २६ बर्षिय मुकेश चौधरी र कोटहीमाइ वडा नं ३ का वडा अध्यक्ष बिष्णुका छोरा ३५ बर्षिय बंन्टी पान्डे रहेको बताएका हुन । उनीहरुलाई  स्थानियले कुटपिट गरी प्रहरीलाई बुझाएको समाचारमा प्रकाशित भएको छ ।  घटनाबारे थप अनुसन्धानमा प्रहरी लागेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x