२ श्रावण २०८३, शनिबार

एमाले र बालेन सपोटरबिच साइबर वार सुरु, ओलीको फेसबुक पेजमा अनफलो गर्नेको सङ्ख्या ६० हजार नाघ्यो

एसीपी संवाददाता

१९ भाद्र २०८१, बुधबार १०:१५ मा प्रकाशित

काठमाडौं – एमाले र बालेन सपोटरबिच साइबर वार सुरु भएको छ । एमाले समर्थकले बालेनको फेसबुक पेज अनफलो गरेका छन भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो गर्ने अभियान नै चलाएका छन् ।

मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहिको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका छन् । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न थालेका हुन् ।

मङ्गलबार ६ लाख ६२ हजार फलोअर रहेको ओलीको पेज बुधबार बिहानसम्म ६१ हजारले अनफलो गर्दा ६ लाख १ हजारमा झरेको छ तर बालेनलो फलोअर भने घटेका छैनन्।

गत आइतबार भदौ १६ गते मेयर बालेनले नेकपा (एमाले)की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

उनले काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।

त्यसपछि एमाले निकट विद्यार्थी नेताहरूले उनको विरोध गरेका थिए । बालेनले झुटो दाबीसहित अनावश्यक प्रधानमन्त्रीलाई मुछेको उनीहरूको भनाइ थियो ।

मंगलबार बालेनको उक्त स्टाटस एकाएक फेसबुकबाट गायब भएको थियो । त्यसपछि बालेनले आफ्नो स्टाटस सरकारकै संलग्नतामा हटाइएकोतर्फ संकेत गर्दै एउटा पोस्ट गरेका थिए । सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x