२ श्रावण २०८३, शनिबार

एमाले कार्यकर्ताले उडाएको बालेनको फेसबुक पोस्ट फिर्ता, यस्तो थियो स्ट्याटस

एसीपी संवाददाता

२१ भाद्र २०८१, शुक्रबार १८:४३ मा प्रकाशित

सीएननेपाल –  काठमाडौं महानगरका मेयर बालेन्द्र साहले लेखेको फेसबुक पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ ।

एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले लेखेको घरेलु बालश्रम सम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी गाइडलाइन उल्लंघन भएकाले तीन दिनअघि हटाएको थियो । यद्यपि फेसबुकले आधिकारिक रुपमा केही उल्लेख गरेको भने थिएन ।

received_500294985958427-1725624054.jpegसाहले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध रोष प्रकट गरेका थिए । त्यसपछि बालेनलाई मन पराउने जनताले ओलीलाई अनफलो गरेका थिए ।

सरकारले भने त्यो पोस्ट आफूले नहटाएको, बरु साह आफैंले हटाएको बताउँदै आएको थियो । ओली र साह दुवैले यसबारे औपचारिक रुपमा केही नभने पनि एमाले पार्टी पंक्ति र साहका समर्थकबीच फेसबुकमा आरोप प्रत्यारोप नै चलेको थियो ।

IMG_20240906_171103-1725622701.jpg

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x