२ श्रावण २०८३, शनिबार

जामा मस्जिद र ईदगाह समितिको बिवाद चर्किदै , समितिका ८ जनाको असहमतिका बाबजुद साधारण सभा तथा अधिवेशनको लम्ब्याइयो

एसीपी संवाददाता

२२ भाद्र २०८१, शनिबार १३:३९ मा प्रकाशित

न्युजफ्लेस ,  नेपालगन्ज । दारुल उलूम फैजुन्नबी, जामा मस्जिद तथा ईदगाह सन्चालक समितिको साधारण सभा तथा अधिवेशनको समय लम्ब्याइएको छ । यही भाद्र २२ गते हुने भनिएको साधारण सभा तथा अधिवेशनको समय शुक्रबार तदर्थ समितिको असहमतिका बाबजुद असोज ५ गतेका लागि लम्ब्याइएको हो ।

तदर्थ समितिका ज्याउल हक हल्वाईले साधारण सभा तथा अधिवेशन सोही मितिमा हुँनु पर्छ भन्ने हाम्रो धारणा हिजो पनि थियो, आज पनि छ । हामीले २२ गते कुनै पनि हालतमा साधारण सभा हुनु पर्छ भनि अडान लिन्दा पनि म समेत तदर्थ समितिका ८ जनाको असहमति हुँदा हुँदै यो निर्णय सार्वजनिक हुनु एकदमै गलत छ । समुदायलाई अन्योलमा राख्ने प्रयास कोही कतैबाट नगरियोस् भनी आफ्नो फेसबुक मार्फत जानकारी दिए ।

उता दारुल उलूम फैजुन्नबी, जामा मस्जिद तथा ईदगाह सन्चालक समितिले श्रावण २८ गतेको निर्णय अनुसार सदस्यता वितरण सम्बन्धमा उपसमिति गठन गरि भाद्र १ गते देखि ७ गते सम्म वितरण भएको र सोको नामावली सहित भाद्र २० गते तदर्थ समितिलाई प्राप्त भई शुक्रबार प्रकाशित गरिएको सूचना मार्फत जनाएको छ ।

समितिका अनुसार यहीँ भाद्र २२ गते साधारण सभा तथा अधिवेशन गर्न निर्णय गरिएको थियोे तर पुरानो समितिले बुझाएको हिसाबको अडित गर्न अडिटरलाई दिएकोमा अडिट गर्न अझ केही दिन लाग्ने र १२ रबिउल अव्वल शरीफ मनाउने भएकोले साधारण सभा तथा अधिवेशन असोज ५ गतेका लागि स्थगित गरिएको संयोजक मो. अय्यूब सिद्दिकीले जारी गरेको सूचनामा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x