२ श्रावण २०८३, शनिबार

हिन्दू राष्ट्र नेपाल स्थापनाको लागी नेजपा मात्र संघर्षरत पार्टी

एसीपी संवाददाता

२३ भाद्र २०८१, आईतवार १३:४१ मा प्रकाशित

नेपाल जनता पार्टीका वरिष्ठ नेता एवं धार्मिक गुरु संतोषानन्द महाराजले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुको विकल्प नरहेको बताएका छन् ।नेजपा हिन्दू राष्ट्र नेपाल स्थापनाको लागी संघर्षरत पार्टी हो।

महाराजले गृह जिल्लाको हरिहरपुरमा आयोजित धार्मिक जनजागरण कार्यक्रममा धारणा राख्ने क्रममा सो कुरा बताएका हुन् । ठुला दलका देश हाँक्ने नेताहरुको गल्तीका कारण नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न बाट रोकि राखिएको भन्दै नेताहरु प्रति संतोषानन्द महाराजले आक्रोश पोखेका थिए ।

नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दै गर्दा अन्य धर्म सस्कृतिको सुनिश्चिता हुनुपर्छ भन्ने विषयमा नेजपा प्रतिवद्ध रहेको र त्यसका लागि आफूलाई आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने महाराजको भनाइ रहेको थियो । सनातन धर्म संस्कार र सभ्यताको दृष्टिकोणले नेपाल छिमेकी मुलुक चीन र भारत भन्दा पनि अग्रस्थानमा रहेको जिकिर समेत गरेका थिए ।

विश्वका विभिन्न मुलुकहरुले धर्मका माध्यमबाट मुलुक अर्थतन्त्र मजबुत बनाएको प्रसङग उल्लेख गर्दै नेपालले समेत वैदिक सनातन धर्म सस्कृतिका माध्यमबाट मुलुक अर्थतन्त्र मजबुत बनाउने विषयमा कुनै द्धिविधा नरहेको बताएका थिए ।

देश भित्रका विभिन्न स्थानमा रहेका मठ मन्दिर र धार्मिक स्थलहरुको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । वैदिक सनातन हिन्दू धर्म संस्कृतिको संरक्षणमा स्थानीयले चालेको अभियानको समेत धार्मिक गुरु संतोषानन्द महाराजले प्रंशसा गरेका थिए।

सनातन धर्म रक्षा हेतु हरिहरपुरमा आयोजित धार्मिक जनजागरण कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय सदस्यहरु सुरेश साह कानू, बिनोद कुर्मी, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, मंत्री आनन्द सिंह, सल्लहकार हनुमान दास,कार्य समिति सदस्यहरु संतोष कुशवाहा, सुमन्त कुमार दीप, रोशन गुप्ता, ठाकुर राम कलेज ईकाई अध्यक्ष हीरामन पंडित, उपाध्यक्ष दिपेश पंडित, सल्लहकार आशीष महतो,धोबनी गांऊपालिका वडा नं 3 अध्यक्ष राजकुमार तिवारी सहभागी रहेका थीए। ईमधेश

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x