२ श्रावण २०८३, शनिबार

आफूलाई कारबाही गरेर देखाउन एमाले नेता भीम रावलको चुनौती

एसीपी संवाददाता

२५ भाद्र २०८१, मंगलवार १०:४५ मा प्रकाशित

काठ।।।।🤦‍♀️😘माडौं-  नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफूलाई कार्वाही गरेर देखाउन चुनौती दिएका छन् ।

गृहजिल्ला अछाम पुगेका नेता रावलले मंगलबार साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ‘आफूलाई कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौती दिएका हुन् ।

देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक खडा भएको केही मानिसहरुलाई बिझाइरहेको नेता रावलको टिप्पणी छ । त्यस्ता पात्र र प्रवृतिलाई चुनौती दिन आफू सक्षम रहेको उनले दाबी गरे।

‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा आफू जानकार रहेको र आफ्नो अडानमा अविचलित रहेको उनले बताए । त्यसै अनुसार चल्न एमालेका पार्टी नेता तथा कार्यकर्तालाई उनले निर्देशनसमेत दिए।

पार्टी विचारशून्य अवस्थामा पुगेको भन्दै नेता रावलले ‘आफूले पार्टीको विधि,विधान र सिध्दान्तको पक्षमा बोल्दै आएकोतर्फ एमाले नेता कार्यकर्ताको ध्यानाकर्षणसमेत गराए।

एमालेबाट कारबाहीको तयारी भइरहेको भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा रावलले भने, ‘पार्टीको सिध्दान्तलाई जोगाउनुपर्छ, विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु । पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।’

रावलले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउँदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरे । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x