२ श्रावण २०८३, शनिबार

उपसभामुखलाई ‘महाभियोग’ लगाउन कांग्रेस-एमाले थाले हस्ताक्षर संकलन

एसीपी संवाददाता

२६ भाद्र २०८१, बुधबार ०७:३६ मा प्रकाशित

उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारुढ दलले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन सुरू गरेका छन्।

उपसभामुखमाथि महाभियोग लगाउन नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन सुरू गरेकाे हाे।

एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेकाे छ भनेकांग्रेस सचेतक सुशीला थिङले हस्ताक्षर संकलन गरिरहेकी छन्।

साेमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै महाभियोगको प्रस्ताव लैजानुपर्ने बताएका थिए।

उपसभामुख रानाले पद अनुकूल आचरण नगरेको सत्तारुढ दलहरूको आरोप छ।

‘पद अनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधिसभामा प्रस्ताव दर्ताको तयारी गरिएको छ। यद्यपि महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा लैजान साना दलहरुलाई पनि मनाउनुपर्ने बाध्यता छ।

संविधानको धारा ९१ उपधारा ९६० को (ग) मा पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।

रास्वपाबाट उपसभामुख बनेकी रानामाथि केही युवालाई अमेरिका पठाउन अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप छ।

रानालाई पदबाट हटाएपछि काँग्रेसकाे तर्फबाट उपसभामुख बनाउने तयारी रहेकाे बताइएकाे छ। बिएल बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x