२ श्रावण २०८३, शनिबार

नेपालमा अबैध रूपमा बस्ने बाङ्लादेश नागरिक पक्राउ , प्रहरीको अनुसन्धान शुरु

एसीपी संवाददाता

२७ भाद्र २०८१, बिहीबार २३:३० मा प्रकाशित

जनकपुरधाम  हिमालीनी –   बिहीबार गोप्य सूचनाका आधारमा नेपाल प्रहरीले वीरगञ्जस्थित आर्यन होटलको कोठा नम्बर २०२ बाट एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकाले  प्रहरीलाई सोधपुछका क्रममा  आफ्नो नाम मोहम्मद शहादत हुसेन (२९) र बाबुको नाम अमिन सरिफ बंगलादेशको सिलहेट होबिगञ्जका रहेको खुलासा गरेको छ ।  उनीसँग राहदानी, भिसालगायतका अन्य कागजातहरू फेला परेका छैनन्।  प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।  स्रोतका अनुसार नेपालमा पनि ठूलो संख्यामा बंगलादेशी र रोहिंग्या मुस्लिमहरु गैरकानुनी रुपमा बस्दै आएका छन् ।  उनीहरुले नेपालका सहर र गाउँमा लेबर र मजदुरी गर्ने गरेका हुन भने केहि त कपडा सिलाउने काममा लागेका हुन  ।  यदि तपाईं उर्दू, बंगाली बोल्नुहुन्छ भने, तपाईं  भारतको  बंगाल प्रदेशको हुनुहुनेछ भन्ने कुरामा कसैले शंका गर्दैन।  नेपाल र भारतको खुला सिमानामा कडा निगरानीका बाबजुद पनि उनीहरु लुकिछुपी नेपाल प्रवेश गर्छन् ।  धेरै बंगलादेशीहरूले हिन्दूको नक्कल गर्दै हिन्दू नाममा बसिरहेका छन् । उनीहरुलाई जोगाउन एउटा् समुदाय लागि परेको श्रोतले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x