२ श्रावण २०८३, शनिबार
आईपीएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक मल्ल पुरस्कृत
भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आईपीएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन् । मल्ललाई ‘द बेस्ट जेन्टलमेन्ट्स प्रोबिसनर फर पीटी’ पुरस्कारद्वारा पुरस्कृत गरिएको हो ।
दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालको समेत उपस्थिति रहेको थियो । सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपालप्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Subscribe
Login
0 Comments



