२ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

एसीपी संवाददाता

७ आश्विन २०८१, सोमबार ०८:३८ मा प्रकाशित

न्युयोर्क । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका ओलीले मोदीसँग भेट गरेका हुन्।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको हो।

ओली र मोदीको भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारी सहभागी थिए।

यसअघि प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग भेटवार्ता गरिसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x