१ श्रावण २०८३, शुक्रबार

नेपाली कृषि उत्पादन भारतमा पु¥याउनका लागि सहजीकरण गर्न मन्त्री अधिकारीको आग्रह

एसीपी संवाददाता

८ आश्विन २०८१, मंगलवार ०७:१४ मा प्रकाशित

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा दुई पक्षीय हितका विषयमा छलफल भएको हो ।
मन्त्री अधिकारीले नेपाल–भारत सम्बन्धहरू मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तहरूमा आधारित रहेका स्मरण गरे । कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागिपरेको जनाउँदै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोगको अपेक्षा राखेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूलाई भारतीय बजारमा सहज पहुँच पुर्याउन सहजीकरणका लागि उनले आग्रह गरे । ‘यसले दुई देशबिचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ,’ मन्त्री अधिकारीले भने ।
सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुवै देशबिचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको औँल्याउँदै मन्त्री अधिकारीले खोरेँत साथै विभिन्न पक्षी फ्लुजस्ता रोगहरूको रोकथाम तथा कृषि उपजको आयात निर्यातको लागि सीमा क्षेत्रमा थप क्वारेनटाइन व्यवस्थाहरू मजबुत बनाउन एकीकृत उपाय अपनाउन पर्नेमा जोड दिएका छन् ।
नेपालमा रासायनिक मलको सहज आपूर्तिका लागि भारत सरकारबाट आगामी दिनमा पनि निरन्तर सहयोगका लागि उनले आग्रह गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x