१ श्रावण २०८३, शुक्रबार

गाजाको खान युनिस शहरमा इजरायलको भीषण हमला

एसीपी संवाददाता

१७ आश्विन २०८१, बिहीबार १०:४३ मा प्रकाशित

एजेन्सी । गाजापट्टीको खान युनिस शहरमा इजरायलले गरेको पछिल्लो हमलामा ५१ जना मारिएका छन् ।

प्यालेस्टाइनी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार रातीदेखि इजरायली सेनाका ट्यांकहरु खान युनिसको दक्षिणी भागमा प्रवेश गरेका थिए ।

इजरायली सेनाले स्थल तथा हवाई आक्रमणमा चार वटा अस्थायी शिविर ध्वस्त पारेको बताइएको छ । हमास समुहका कमाण्डर लुकेको आशंकामा इजरायलले गरेको हमलामा थुप्रै महिला तथा बालबालिका मारिएका छन् । इजरायलले भने हमास लडाकु समुहका अखडाहरुमा मात्रै आक्रमण गरेको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x