१ श्रावण २०८३, शुक्रबार

जसपा नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको सदस्य हुन सफल

एसीपी संवाददाता

२१ आश्विन २०८१, सोमबार १२:५९ मा प्रकाशित

अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्भेन्सन, स्यानटियागो, चिलीमा सम्पन्न भएको छ।

१९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त कन्भेन्सनबाट प्रोग्रेसिभ एलाइन्सको सदस्यताका लागि भएको मतदानमा जनता समाजवादी पार्टी, नेपाल लाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ । यसबाट जनता समाजवादी पार्टी, नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको सदस्य पार्टी भएको छ।

दक्षिण अमेरिकामा रहेको गणतन्त्र चिलेको राजधानी सेन्टियागोमा सम्पन्न उक्त कन्भेन्सन ले प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता,सामाजिक न्याय, मानवअधिकार सुरक्षा, लैङ्गिक विभेद, सामाजिक-आर्थिक तथा जातीय विभेद,असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाहरूका साथ सम्पन्न भएको उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा जसपा,नेपालका अध्यक्ष  उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुनु भएको छ । जनकपुरटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x