१ श्रावण २०८३, शुक्रबार

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई भारतले सहयोग गर्ने

एसीपी संवाददाता

२१ आश्विन २०८१, सोमबार २१:४४ मा प्रकाशित

भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई सहयोग गर्ने भएको छ ।

भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको भेटमा भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनीहरूबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा द्विपक्षीय वार्ता भएको थियो ।

त्यस क्रममा मन्त्री पौडेलले राखेको प्रस्तावअनुसार ट्रमा सेन्टरको स्तरोन्नति तथा डायलासिस सेवा थप्न र सर्पदंशका बिरामीको उपचार र ‘डिजिटल हेल्थ’ अभियान कार्यान्वयनका लागि सघाउन पनि भारतीय समकक्षी नड्डाले प्रतिबद्धता जनाएका स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ । लोकन्तर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x